Primary Teacher Part-2
१. कक्षा कोठामा हुने विविधताका स्वरूपहरू उल्लेख गर्दै कक्षाकोठामा विविधता पहिचान गर्नुपर्ने कारणहरू लेख्नुहोस् । (६ + ४ = १०) कक्षाकोठामा हुने विविधताका स्वरूपहरू यसप्रकार छन् :
१) लैङ्गिकताः
महिला र पुरुषबीच समाजले सिर्जना गरेको विभेद अथवा सामाजिक विभेदलाई लैङ्गिकता भनिन्छ । कक्षाकोठामा समेत लैङ्गिकता रहेको हुन्छ । कक्षाकोठामा पनि छात्र, छात्रा, तेस्रो लिङ्गीका रूपमा रहन्छ ।
२)भाषाः
कक्षामा विभिन्न भाषाहरू बोल्ने विद्यार्थीहरू हुन्छ । कोही नेपाली मात्र बोल्छन्, कोही मैथिली, कोही थारु, कोही भोजपुरी आदि बोल्छन् । नेपालमा १२३ भन्दा बढी भाषाभाषीहरू छन् ।
३) जातजातिः
नेपाल बहुजातीय देश हो । यहाँ १२५ ओटा भन्दा बढी जातिहरू बस्दछन् । जस्तै ब्राहम्ण, क्षेत्री, नेवार, मगर आदि कक्षाकोठामा पनि समाजको यो जातीय स्वरूप रहेको हुन्छ ।
४) जनजाति:
आफ्नो मातृभाषा र परम्परागत रीतिरिवाज भएकाहरूलाई जनजाति भनिन्छ । विद्यालयमा अन्य जातजातिका विभिन्न जनजातिहरू हुन्छन् । जनजाति बालबालिका पनि रहेका हुन्छन् ।
५) अपाङ्गता:
व्यक्तिको शारीरिक वा मानसिक कारणबाट पूर्ण वा आंशिक रूपमा शरीरका अङ्गहरू प्रयोग गर्न नसक्ने अवस्थालाई अपाङ्गता भनिन्छ । विद्यालयमा अपाङ्गता भएका बाल बालिकाहरू पनि हुन्छन् ।
६) धार्मिक र सांस्कृतिक: नेपालमा विभिन्न धर्म संस्कृति भएका मानिसहरू छन् तसर्थ कक्षाकोठामा फरक फरक धर्म र संस्कृतिको पृष्ठभूमिबाट आएका विद्यार्थीहरू हुन्छन् ।
७) सिकाइ शैली: विद्यार्थी पिच्छे नै सिक्ने शैली फरक फरक हुन्छ । विद्यार्थीको उमेर, रुचि, बौद्धिक क्षमता, घरायसी वातावरण आदिले पनि सिक्ने शैली फरकफरक हुन्छ। कसैले सुनेर कसैले गरेर सिक्छन् ।
८) सिकाइ क्षमताः
कक्षाकोठामा कुनै बालबालिका सुस्त क्षमताका हुन्छन् । कुनै मध्यम क्षमताको हुन्छन् भने कोही विलक्षण प्रतिभा भएका हुन्छन् । बालबालिकाको सिकाइ क्षमता अनुसार शिक्षण गर्नुपर्दछ ।
९) संवेगात्मक अवस्था: बालबालिकामा फरक फरक संवेगात्मक अवस्था हुन्छ । पहिचान गरेर शिक्षण गर्नुपर्दछ ।
कक्षाकोठामा विविधता पहिचान गर्नुपर्ने कारणहरू यसप्रकार छन्
१) बालकेन्द्रित शिक्षण सिकाइको वातावरण तयार गर्न
२) विद्यार्थीको पृष्ठभूमिको कारणले पार्ने असरलाई कम गर्न
३)विद्यार्थीको संवेगात्मक पक्षलाई बुझेर सोही अनुरूप शिक्षण गर्न
४) विद्यार्थीहरूको पारिवारिक, धार्मिक, आर्थिक, सामाजिक, भाषिक परिवेश बुझेर सोही अनुसार उनीहरूलाई सहयोग गरी शिक्षण सिकाइमा सक्रिय गराउन ।
५) सबै विद्यार्थीको धर्म, संस्कृति, परम्परा भाषालाई सम्मान गर्न
६) कक्षाकोठामा हुन सक्ने, लैगिक भेदभावलाई शून्यमा पुयाउन
७) दुष्टिविहीन, अपाङ्ग, बहिरा सुस्त मनस्थिति भएकाहरूको भावनाको कदर गर्दै पढाइमा उच्च मनोबल प्रदान गर्न
८) द्वन्द्व पीडित, सहिद परिवार बेपत्ता परिवारबाट आएका बालबालिकाहरूका साथसाथै टुहुरो अनाथ बालबालिकालाई पारिवारिक वातवारण कायम गरी पढाइमा जागरुक गराउनु
९) विद्यार्थीहरूलाई कक्षा छाड्ने कक्षामा भाग्ने आदि कारण लगाई यस क्रमलाई कम गर्ने
१०) बालश्रमिक बालमजदुर बच्चाहरूलाई पढाइमा निरन्तरता दिन ।
२. बाल मनोविज्ञान भनेको के हो ? बाल मनोविज्ञानको अध्ययनले एउटा असल शिक्षक बन्न कुन कुन कुरामा मद्धत पुयाउँछ । बुदाँगत रूपमा उल्लेख गर्नुहोस् ।(१+४ = ५)
३. निरन्तर विद्यार्थी मूल्याङ्कन भन्नाले के बुझिन्छ ? प्राथमिक तहको वर्तमान पाठ्यक्रमले निर्दिष्ट गरेका निरन्तर विद्यार्थी मूल्याङ्कन सम्बन्धी प्रगती अभिलेख प्रक्रिया प्रस्तुत गर्नुहोस् । (२+८ = १०)
४. लेखाइ शिक्षणको परिचय दिई लेखाइ शिक्षणको आवश्यकता वा औचित्यलाई बुदाँगत रूपमा प्रष्ट पार्नुहोस् । (५)
५. नेपाली भाषामा कमजोर विद्यार्थीहरूका लागि उपचारात्मक शिक्षण विधि कस्तो हुनुपर्दछ ? कुनै ४ ओटा विधिहरू उल्लेख गरी उदाहरण समेत दिनुहोस् ।(१०)
६. भ्रष्टाचार भनेको के हो ? भ्रष्टचार बढनुका कारणहरू लेखी नेपालमा भ्रष्टचार निवरणका लागि गरिएका प्रयासहरू लेख्नुहोस् । (२+३+५=१०)
७. What are the difficulties of teaching english in primary schools of Nepal? Mention some of the ways of improving those difficulties of teaching english.(१०)
८. मानौ, तपाईँ भर्खरै शिक्षण सेवामा प्रवेश गर्नुभएको छ, तपाईंलाई कक्षा १ मा जोडको शिक्षण गर्न दिइएको छ शिक्षण सिकाइ सहजीकरण क्रियाकलाप कसरी गर्नुहुन्छ ? लेख्नुहोस् ।(१०)
९. सजीवका लक्षणहरू लेख्नुहोस् । प्राथमिक तहमा सजीवका लक्षणहरू भन्ने पाठ प्रभावकारी रूपमा शिक्षण गर्न शैक्षिक सामाग्रीहरू सहित क्रियाकलापहरू उल्लेख गर्नुहोस् । (१०)
१०. स्वास्थ्य शिक्षा विषय शिक्षणका लागि कुनै ४ उपयोगी विधिहरू उल्लेख गर्नुहोस् र कक्षा ३ को खाने कुराको स्रोत भन्ने पाठ शिक्षा गरिने क्रियाकलाप लेख्नुहोस् ।(५)
११. प्राथमिक तहको कक्षा ५ को विद्यार्थीहरूलाई रङ्को प्रयोग सम्बन्धी पाठ शिक्षण गर्नका लागि के कस्ता शिक्षण सिकाइ क्रियाकलाप र मूल्याङ्कन विधि अपनाउनु उपयुक्त हुन्छ ? उल्लेख गनुहोस् ।(५)
१२. स्थानीय पाठ्यक्रम भनेको के हो ? नेपालमा स्थानीय पाठ्यक्रमको आवश्यकता र महत्त्वबारे सङ्क्षेपमा उल्लेख गर्नुहोस् । (२+४+४ = १०)