१.शैक्षणिक योजना बनाउँदा शिक्षकले कुन कुन पक्षलाई ध्यान दिनुपर्छ ? यसका कार्यान्वयनका पक्षहरू
लेख्नुहोस् ।
= पाठ्यक्रमले
राखेको शैक्षिक उद्देश्य हासिल गर्न शिक्षकले आफनो विषयवस्तुको प्रभावकारी र
व्यवस्थित प्रस्तुतीका लागि तैयार पारेका योजनालाई शैक्षिक योजना भनिन्छ ।
शैक्षणिक
योजना बनाउँदा शिक्षकले निम्न पक्षहरूमा ध्यान दिनु पर्दछ:
१.
पाठ्यक्रमले तोकेको उद्देश्यको प्राप्ती गर्ने मार्ग ।
२.
शिक्षण विधि र शैक्षिक सामग्रीको प्रभावकारी प्रयोग |
३
बालमैत्री शिक्षण सिकाइ प्रक्रियामा जोड़।
४
विद्यार्थीको पूर्व ज्ञान, विषयवस्तुको
छनौट र संगठन |
५.
विषयवस्तुको प्रकृति अनुसारको मूल्याङ्कन, आवश्यक संचार र सहकार्य ।
शैक्षणिक योजनाले
शिक्षणलाई लक्ष्य उन्मुख बनाउने हुँदा यसको कार्यान्वयन गर्दा निम्न पहलाई अवलम्बन
गर्नुपर्दछ:
१.
वार्षिक कार्यतालिकाको अनुसरण |
२.
विद्यार्थीको पूर्ण सहभागिता ।
३.
प्रभावकारी शिक्षण र सूचनाको लागि नवितम प्रविधिको अधिकतम प्रयोग |
४.
नियमित मूल्याङ्कन
५.
ज्ञान र सीपमा आधारीत दैनिक जिवनसँग सम्बन्धित व्यवहारिक शिक्षणमा जोड |
यसरी शैक्षणिक योजनालाई व्यवहारिक रूपमा कार्यान्वयन गर्न सकेमा अपेक्षित
सिकाई उपलब्धी हासिल गर्न सकिन्छ ।
२. बाल मनोविज्ञान भनेको के हो? बाल मनोविज्ञानको आवश्यकता र महत्त्वलाई बुँदागत रूपमा
लेख्नुहोस् ।
उत्तर
: बालकको गर्भधारण देखि बाल्यवस्थासम्म हुने विकासात्मक प्रक्रियाहरूको
मनोवैज्ञानिक रूपमा विश्लेषण गर्ने विज्ञान नै बाल मनोविज्ञान हो। बालकको
विकाससम्बन्धी सम्पूर्ण पक्षहरूको अध्ययनलाई बाल मनोविज्ञान भनिन्छ ।
बाल मनोविज्ञानको आवश्यकता र महत्त्वलाई
बुँदागत रूपमा निम्न अनुसार प्रस्तुत गर्न सकिन्छ:
(१)
बालबालिकाको समग्र विकासात्मक पक्षहरूको अध्ययन गर्न,
(२)
बालविकासका विभिन्न चरणमा देखिने बाल विकासको समस्याबारे जानाकारी गराउन,
(३)
बालबालिकाका रूचिका क्षेत्रहरू आकाङ्क्षा, चाहनाबारे अवगत
गराउँछ,
(४)
बालबालिकाहरूले सामना गर्नुपर्ने सङ्कटको बारे सजग गराउन
(५)
बालबालिकाको आनीबानी तथा व्यवहार बुझी सोही अनुसार सम्बोधन गर्न
(६)
बालबालिकाको मनोवैज्ञानिक समस्या पहिचान गर्न र
(७)
बालमनोविज्ञानमा समय समयमा परिवर्तन भइरहेको नयाँ नयाँ सिद्धान्तहरूको ज्ञान हासिल
गरी शिक्षण सिकाइ कार्यमा कार्यन्वयन गर्न
(८)
बालबालिकाको अवस्थाअनुसार शैक्षिक वातावरण रचना गर्न
(९)
कक्षाकोठा भित्रको सिकाइको स्वरूप पहिचान गर्न
(१०)
शिक्षकलाई पेसागत रूपमा सक्षम बनाउन ।
३. कक्षाकोठामा हुने विविधताका स्वरूपहरूलाई उल्लेख गर्दै कक्षाकोठामा
विविधता पहिचान गर्नुपर्ने कारणहरू लेख्नुहोस् ।
उत्तरः
कक्षाकोठामा हुने विविधताका स्वरूपहरू यसप्रकार छन् :
१) लैङ्गिकताः महिला र पुरुषबीच समाजले सिर्जना गरेको विभेद अथवा सामाजिक विभेदलाई
लैङ्गिकता भनिन्छ । कक्षाकोठामा समेत लैङ्गिकता रहेको हुन्छ । कक्षाकोठामा पनि
छात्र, छात्रा,
तेस्रो लिङ्गीका रूपमा रहन्छ ।
२) भाषाः कक्षामा विभिन्न भाषाहरू बोल्ने विद्यार्थीहरू हुन्छ । कोही नेपाली
मात्र बोल्छन्, कोही
मैथिली, कोही थारु, कोही भोजपुरी आदि
बोल्छन् । नेपालमा १२३ भन्दा बढी भाषाभाषीहरू छन् ।
३) जातजातिः नेपाल बहुजातीय देश हो । यहाँ १२५ ओटा भन्दा बढी जातिहरू बस्दछन् ।
जस्तै ब्राह्मण, क्षेत्री,
नेवार, मगर आदि कक्षाकोठामा पनि समाजको यो
जातीय स्वरूप रहेको हुन्छ ।
४) जनजातिः आफ्नो मातृभाषा र परम्परागत रीतिरिवाज भएकाहरूलाई जनजाति भनिन्छ ।
विद्यालयमा अन्य जातजातिका विभिन्न जनजातिहरू हुन्छन् । जनजाति बालबालिका पनि
रहेका हुन्छन् ।
५) अपाङ्गता: व्यक्तिको शारीरिक वा मानसिक कारणबाट पूर्ण वा आंशिक रूपमा शरीरका
अङ्गहरू प्रयोग गर्न नसक्ने अवस्थालाई अपाङ्गता भनिन्छ । विद्यालयमा अपाङ्गता भएका
बाल बालिकाहरू पनि हुन्छन् ।
६) धार्मिक र सांस्कृतिकः नेपालमा विभिन्न धर्म संस्कृति भएका मानिसहरू छन् तसर्थ कक्षाकोठामा
फरक फरक धर्म र संस्कृतिको पृष्ठभूमिबाट आएका विद्यार्थीहरू हुन्छन् ।
७) सिकाइ शैली :विद्यार्थी पिच्छे नै सिक्ने शैली फरक फरक हुन्छ । विद्यार्थीको उमेर
रुचि, बौद्धिक
क्षमता, घरायसी वातावरण आदिले पनि सिक्ने शैली फरकफरक हुन्छ।
कसैले सुनेर, कसैले गरेर सिक्छन् ।
5) सिकाइ
क्षमताः
कक्षाकोठामा कुनै बालबालिका सुस्त क्षमताका हुन्छन् । कुनै मध्यम क्षमताको हुन्छन्
भने कोही विलक्षण प्रतिभा भएका हुन्छन् । बालबालिकाको सिकाइ क्षमता अनुसार शिक्षण
गर्नुपर्दछ ।
९) संवेगात्मक अवस्थाः बालबालिकामा फरक फरक संवेगात्मक अवस्था हुन्छ । पहिचान गरेर शिक्षण
गर्नुपर्दछ ।
कक्षाकोठामा
विविधता पहिचान गर्नुपर्ने कारणहरू यसप्रकार छन्
१)
बालकेन्द्रित शिक्षण सिकाइको वातावरण तयार गर्न
२)
विद्यार्थीको पृष्ठभूमिको कारणले पार्ने असरलाई कम गर्न
३)
विद्यार्थीको संवेगात्मक पक्षलाई बुझेर सोही अनुरूप शिक्षण गर्न
४)
विद्यार्थीहरुको पारिवारिक, धार्मिक,
आर्थिक, सामाजिक, भाषिक
परिवेश बुझेर सोही अनुसार उनीहरूलाई सहयोग गरी शिक्षण सिकाइमा सक्रिय गराउन ।
५)
सबै विद्यार्थीको धर्म, संस्कृति,
परम्परा, भाषालाई सम्मान गर्न
६)
कक्षाकोठामा हुन सक्ने, लैगिक
भेदभावलाई शून्यमा यातन
७)
दुष्टिविहीन अपाङ्ग, बहिरा
सुस्त मनस्थिति भएकाहरूको भावनाको कदर गर्दै पढाइमा उच्च मनोबल प्रदान गर्न
८)
द्वन्द पीडित, सहिद
परिवार बेपत्ता परिवारबाट आएका बालबालिकाहरूका साथसाथै टुहुरो अनाथ बालबालिकालाई
पारिवारिक वातवारण कायम गरी पढाइमा जागरुक गराउनु
९)
बालश्रमिक बालमजदुर बच्चाहरूलाई पढाइमा निरन्तरता दिन ।
४. नेपाली भाषा शिक्षणमा सुनाइ र बोलाइको सम्बन्धलाई स्पष्ट पारी सुनाई
र बोलाइ
शिक्षणमा देखिएका समस्याहरू उल्लेख गरी व्यवहारिक समाधानका उपायहरू लेख्नुहोस् ।
उत्तर:नेपाली
भाषाका सुनाइ,बोलाइ,
पढाइ र लेखाइ गरी चार सिपहरुको शिक्षणलाई नेपाली भाषा शिक्षण भनिन्छ
। नेपाली भाषा शिक्षण अन्तर्गतका सुनाइ र बोलाइ सिपहरू प्रारम्भिक एवम् आधारभूत
सिप मानिन्छन् । यी दुई सिपहरू (सुनाइ र बोलाइ)बिच आपसी सम्बन्धलाई निम्न बुँदामा
प्रस्तुत गर्न सकिन्छ:
१.
सुनाइ र बोलाई सिप
भाषा सिकाइका प्रथम चरणका आधारभूत सिपहरू हुन् । यी दुई सिपहरू मध्ये एकको अभावमा
अर्को भाषिक सिर्फ अघि बढ्न सक्दैन ।
२.
सुनाइ सिप बोधसँग र बोलाइ सिप अभिव्यक्तिसँग सम्बन्धित छन् । बोधको अभावमा
अभिव्यक्ति सिप र अभिव्यक्तिको अभावमा बोधको विकास हुन सक्तैन ।
३.सुनाइ
र बोलाइ मौखिक विषयक सिप हुन् । जसमा सुनाइको पूर्णताका लागि बोलाइ र बोलाइको
पूर्णताका लागि सुनाइ सिपको आवश्यकता पर्दछ ।
४.
सुनाइ सिपको मूल्याङ्कन गर्न बोलाइ सीप र बोलाइ सिपको मूल्याङ्कन गर्न सुनाइ सिपको आवश्यकता पर्दछ।
५.
सुनाइ र बोलाइ एकीकृत सिप हुन् जुन सँगसँगै सिकाइन्छ ।
सुनाइकै आधारमा बोलाइका क्रियाकलापहरु हुने बोलाइकै आधारमा
सुनाइका क्रियाकलापहरु हुने हुँदा यी दुई भाषिक सिपहरुबिच अन्योन्याश्रित अर्थात्
नङ्ग र मासु जस्तै घनिष्ट सम्बन्ध रहेको छ ।
सुनाइ
शिक्षणमा देखिएका समस्याहरुलाई बुंदागत रूपमा निम्नानुसार प्रस्तुत गर्न सकिन्छ:
१) सिकारुको फरक भाषिक
पृष्ठभूमि
२)
कक्षाकोठामा सुनाइका लागि अनुकुल वातावरणको अभाव,
३)
सिकारुको रुचि अनुसारको विषयवस्तुको अभाव,
४)
सिकारुको सुनाइप्रति बेवास्ता,
५)
जटल प्रकृतिका विषयवस्तु
माथि
उल्लेखित समस्याहरूको व्यवहारिक समाधानका उपायहरु निम्न छन:
क)
सिकारुको भाषिक पृष्ठभूमिको ख्याल गरी सुनाई शिक्षणका उपयुक्त क्रीयाकलापहरू
गराउने,
ख)
सुनाइ शिक्षणका लागि कक्षाकोठाको वातावरणलाई अनुकूल बनाउने
ग) सिकारुको उमेर एवम् रूचि
अनुसारका पाठ्यवस्तुको छनौट गर्ने
घ)सिकारुलाई
सुनाइप्रति उत्प्रेरित गराउने
ङ)
सिकारुको स्तर अनुसारका सरल विषयवस्तुलाई सिकाइ / पाठ्य सामग्री बनाउने ।
बोलाइ
शिक्षणमा देखिएका समस्याहरु समाधानका बुदाहरु निम्न छन:
१)
गलत वर्णको उच्चारण
जस्तै:
डर= दर, निर्माण= निर्मान
२)
गलत रुपको निर्माण
जस्तै:
पाठाहरु= पाठोहरु,
३)
गलत पदावलिको निर्माण
जस्तै:
गोरा केटाहरु=गोरो केटोहरु
४)
पद संगतिको मेल नगर्ने
जस्तै:-
छोरी घरमा आई = छोरी घरमा आयो ।
५)
वाक्यमा पदक्रम भङ्ग गर्ने
जस्तै:-
म आज किताब पढ्छु = म किताब पढछु आज ।
माथि उल्लेखित बोलाइका समस्याहरूको व्यवहारिक
समाधानका उपायहरू निम्न छन् :
क)
वर्गहरूको शुद्ध उच्चारणको अभ्यासमा जोड दिने,
ख)
शब्दहरूको सही रूप निर्माणको मौखिक अभ्यास गराउने
ग)
शुद्ध पदावलीको निर्माणमा बढी अभ्यास गराउने,
घ)
पदसङ्गति नमिलेकाहरू वाक्यहरु दिई पदसङ्गति मिलाउन लगाउने,
ङ)
पदक्रमका वाक्यहरू दिई पदक्रम मिलाउ लगाउने
प्राथमिक तहमा अध्ययन गर्ने विद्यार्थीहरूले सुनाइ
तथा बोलाइका क्रममा गरेका गल्तीहरूमा गल्तीका प्रकृति हेरी समाधानका उपायहरू
अपनाएर नेपाली भाषा शिक्षणलाई फलदायी बनाउनुपर्छ ।
५. 'समतलीय
चित्र भनेको के हो ? तपाई भर्खरै शिक्षण सेवामा प्रवेश
गर्नुभएको छ भने प्राथमिक तहमा विद्यार्थीलाई त्रिभूज, चर्तुभुज,
वृत सम्बन्धी धारणा प्रदान गर्न के कसरी सिकाइ सहजीकरण
क्रियाकलापहरू गर्नुहुन्छ ? उदाहरण सहित स्पष्ट पार्नुहोस ।
= समतल
भनेको सतहको दुई बिन्दुहरु जोडने सरल रेखाहरु एउटै सतहमा पर्नु हो । समतल सतहमा
बनेको बन्द आकृतिलाई समतलीय चित्र भनिन्छ । जस्तै : त्रिभूज, चर्तुभुज, वृत आदि।
प्राथमिक
तहमा समतलीय चित्रको अवधारणा दिन निम्न अनुसारको सिकाइ सहजीकरण क्रियाकलाप गर्न
सकिन्छ:
क्रियाकलाप नं. १:
· विद्यार्थीलाई गणित किताब देखाउँदै, किताबको सतह र चारै कुना अवलोकन
गर्न लगाई सतहको बारेमा छलफल गराउने र टेबुल, ऐना, कोठाको भिता आदि पनि समतल सतह हुन भनी निष्कर्षमा पुर्याउने।
· यसरी समतल सतहको पहिचान गरी सके पछि रेखाले
घेरिएको समतल सतहको अंशलाई समतलीय चित्र भनिन्छ भनी प्रष्ट पार्दै चित्रहरु कोर्न
लगाउने।
क्रियाकलाप न.-२:
· विद्यार्थीलाई ४/५ समूहमा विभाजन गर्ने र हरेक समूहमा
सिसाकलम वा काठका छेस्का वितरण गर्ने
· शिक्षकले सबै समूहमा सहजीकरण गर्ने
· हरेक समूहका विद्यार्थीहरुलाई तीनवटा सिसाकलम लिएर
टेवलमा राख्न लगाउने । ती
सिसाकलमका छेउहरु एक आपसमा जोडेर बन्द आकृति बनाउन लगाउने र यसरी बनेको आकृति
त्रिभुज हो भनी स्पष्ट पार्ने । समूहका सबै विद्यार्थीलाई कापीमा त्रिभुजको चित्र
कोर्न लगाउने।
· हरेक समूहका तीन जना विद्यार्थीहरुलाई एक आपसमा
हात समाएर सिधा तन्किएर उभिन लगाउने र यसरी तन्किदा विचमा बन्ने आकृति त्रिभूज हो
भनी सबै विद्यार्थीहरुलाई अवलोकन गर्न लगाई स्पष्ट पारिदिने
· जियो बोर्डमा धागोको सहयताबाट तीनवटा किलालाई त्यसैगरी जोडेर त्रिभूजको
आकृति बनाई थप स्पष्ट पारिदिने।
क्रियाकलाप नं.३
· माथिका समूहमा रहेर विद्यार्थीलाई ४ वटा छेस्का
लिएर तिनिहरुको छेउ एक आपसमा जोडेर बन्द आकृति बनाउन लगाउने र यसरी बनेको आकृती
चर्तुभुज हो भनि स्पष्ट पारिदिने ।
· चारजना विद्यार्थीहरुलाई एक आपसमा हात समाएर
तन्किएर उभिन लगाउने र यसरी बन्ने आकृति चर्तुभूज हो भनि स्पष्ट पारिदिने ।
· ज्यामिती बक्स वा इरेजर हरेक समूहमा दिएर त्यसलाई
कापी माथि राखेर चारैतिर धर्का तान्न लगाउने र चर्तुभुजको अवधारणा स्पष्ट पारिदिने
· जियोवोर्डमा धागोका सहायताबाट फरकफरक आकृतिको
चर्तुभुजका चित्र बनाई देखाउने र विद्यार्थीलाई पनि कापीमा फरकफरक आकृतिका
चुर्तुभूजका चित्र कोर्न लगाउने ।
क्रियाकलाप न. ४
· विद्यार्थीहरुलाई सिक्का प्रयोग गरेर त्यसको वरपर
पेन्सिलले कोर्न लगाउने र सिक्का छुटाएर बनेको आकृति वृत हो भनी स्पष्ट पारिदिने ।
· गिलासलाई कापीमा घोप्टो पारेर राख्ने, त्यसेको वरीपरी कोरेर वृत बनाइ
देखाउने र चूरा ,कचौरा, थाल आदि
वस्तुहरू वृताकार वस्तुहरू हुन् भनि प्रष्ट पार्ने।
· कम्पासको सहयतावाट विद्यार्थीलाई विभिन्न नापका
वृतहरू बनाउन लगाउने ।
· विद्यार्थीलाई खेल मैदानमा लगी हात जोड तन्किन
लगाई गोलो घेरा बनाउन लगाउने र वृतको बारेमा स्पष्ट धारणा दिने।
६. प्राथमिक तहका बालबालिकाहरुलाई व्यक्तिगत सरसफाइ भन्ने पाठ शिक्षण
गर्दा के कस्ता विशिष्ट उद्देश्यहरू निर्माण गर्नुहुन्छ? उक्त पाठ शिक्षण गर्दा
अपनाइने शिक्षण सहजीकरण क्रीयाकलाप सहित मूल्याङ्कनका तरिका समेत निर्माण
गर्नुहोस् ।
उत्तरः
प्राथमिक तहका बालबालिकाहरुलाई व्यक्तिगत सरसफाई' भन्ने पाठ शिक्षण गर्दा निर्माण गरिने विशिष्ट
उद्देश्यहरू यसप्रकार छन्:
यस पाठको अन्त्यमा विद्यार्थीहरु
निम्न कार्य गर्न सक्षम हुनेछन:
१)
व्यक्तिगत सरसफाइको परिचय दिन
२)
व्यक्तिगत रुपमा सफा सुग्घर रहन
३)
व्यक्तिगत सरसफाई गर्दा हुने फाइदा र सरसफाइ नगर्दा हुने बेफाइदाबारे बताउन
प्राथमिक
तहमा व्यक्तिगत सरसफाई भन्ने पाठ शिक्षण गर्दा अपनाइने शिक्षण सिकाई क्रियाकलापहरू
यसप्रकार छन् :
शैक्षिक सामाग्रीहरूः
१)
व्यक्तिगत सरसफाई देखाउने चित्रहरू, डकुमेन्ट्री,
२)
दात माझ्दै गरेको पोष्टर
३)
कपाल कोरेको, कपाल
काटेको मानिसको चित्र
४)
स्वस्थ व्यक्तिको फोटो
५)
साबुन तौलिया
शिक्षण
सिकाइ क्रियाकलाप:
१)
सम्पूर्ण विद्यार्थीहरूलाई मानिस नुहाइरहेको चित्र देखाउँदै छलफल गराउने र शरीरका
सम्पूर्ण अङ्गहरूको सरसफाइ नै व्यक्तिगत सरसफाइ हो भनेर प्रष्ट पारिदिने।
मानिसले
दाँत माझिरहेको चित्र देखाउँदै दाँत माझ्ने तरिका बारे छलफल गराउने
२)
विद्यार्थीहरूलाई समूहगत रूपमा विद्यालयको धारामा लगेर साबुन पानीले हात धुने
तरिका सिकाउने र हातमुख धुन लगाउने ।
३)
विद्यार्थीको व्यक्तिगत सरसफाइको अवस्थाबारे दिनहु अवलोकन गर्ने र पृष्ठपोषण
प्रदान गर्ने
४)
व्यक्तिगत सरसफाइ गर्दा हुने फाइदा र सरसफाइ नगर्दा हुने हानिहरू सम्बन्धमा उदाहरण
दिएर छलफल गर्ने
५)
विद्यार्थीहरूलाई दैनिक रूपमा शारीरिक सरसफाइ गर्न प्रेरित गर्ने
यसरी
व्यक्तिगत सरसफाइ पाठशिक्षण पश्चात् विद्यार्थी मूल्याङ्कन गर्ने तरिकाहरू निम्न
अनुसार छन् :
१)
विद्यार्थीहरूलाई हातमुख धुन लगाई मूल्याङ्कन गर्ने
२)
विद्यार्थीहरूको सफा सुग्घर रहे वा नरहेको अवलोकन गर्ने
३)
विद्यार्थीले दिएको जवाफ, कक्षामा
सहभागिता, सरसफाइ गर्ने तरिकाको छलफल सम्बन्धमा मूल्याङ्कन
गर्ने
४)
व्यक्तिगत सरसफाइका फाइदाहरूबारे सोध्ने ।
7. How do you teach
vocabulary to the beginners of language learning? Write some remedial
suggestions to minimize translation of the text into mother tongue in
vocabulary teaching.
=Vocabulary is an
important aspect of language. It gives single idea and meaning If grammar is
skeleton of language, then Vocabulary is flesh. Vocabulary teaching helps
learners to choose and use, appropriate and meaningful word according to the
context.
The teacher can use the following techniques to teach each
aspect of vocabulary.
1) Pronunciation
To teach pronunciation,
the teacher can use the following tools or techniques
i. modelling
ii.Using dictionary
iii.Using phonetic chart
and table
iv. Using audio and
video
v. Drilling etc.
2. Spelling
To teach spelling,the
teacher can use the following techniques and tools.
i. Using dictionary
ii. spelling dictation
iii. Use of flash
cards
iv. Recitation
v. word-formation etc.
3. Meaning
To teach meaning of
vocabulary, the teacher can use the following techniques,
i. Think-pair-share
ii.Use of dictionary
iii. creating
environment
iv. Acting and
mimiting for abstract vocabulary
v. Guessing etc.
4. Use
To encourage learners
for appropriate use of vocabulary, the following strategies can be used.
i. matching
ii. sentence
formation.
iii. Fill in the blanks
iv.Jigsaw
v. contextual
conversation & dialogue
To minimize translation of the text into mother tongue in
vocabulary teaching, the teacher can apply the following strategies.
1) Showing relia
2) Encouraging students
for guessing
3) using facial gestures,
mime act, and rehersal, role play, Simulation, dramatization and so on.
4) Showing pictures,
audio and video and so on.
5) Involving students in
group. discussion, dialogue conversation and so on.
The proper use of vocabulary can provide Contextual meaning.
It Vocabulary provides a base for language teaching. so, the teacher should
teach vocabulary contextually and meaningfully.
८.सामाजिक समस्या भनेको के हो ? समाजमा देखिएका सामाजिक समस्या कसरी समाधान
गर्न सकिन्छ ? लेख्नुहोस् ।
समाजको नियमित सञ्चालनमा तथा सामाजिक विकासमा
नाकारात्मक प्रभाव पार्ने व्यवहार, प्रचलन, नियम विपरितका कार्यहरुको समष्टि
रुपलाई सामाजिक समस्या भनिन्छ ।
Ø सामाजिक समस्याले मानिसहरुमा द्वन्द्व सिर्जना
गराउने, सामाजिक
सम्बन्ध बिग्रने, आपराधिक क्रियाकलापहरु बढ्ने जस्ता
पक्षहरुलाई आश्रय दिन्छ ।
Ø समाजमा
रहेका मानिसहरुका पुराना चालचलन, परम्परा, मान्यता, धर्मसंस्कार,
अन्धविश्वास, अशिक्षा, गरिबी, बेरोजगारी, जनसङ्ख्यावृद्धि, चेतनाकोकमी, दण्डहिनता आदि सामाजिक समस्याका कारणहरु हुन्।
Ø यी विविध कारणहरुले समाज तथा त्यस स्थानमा बसोबास गर्ने नागरिकको
सर्वाङ्गीण पक्षको विकासमा नकारात्मक प्रभाव पार्दछन् ।
Ø त्यसैले यी कारणहरुको सिर्जना हुन नदिनु, सामाजिक मूल्यमान्यतालाई
समसामयिक बनाइ समतामूलक समाज निर्माण गर्नु आजको आवश्यकता हो।
सामाजिक समस्या र समाधानका उपायहरु
Ø दाइजो, कमैया, छाउपडी जस्ता सामाजिक कुप्रथा हटाउन नागरिक शिक्षाको विस्तार गर्ने, कुप्रथा विरुद्ध जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्ने, आदि।
Ø लैगिक भेदभाव हटाउन छोरा र छोरी दुवै बराबरी भन्ने भावनाको विकास
गर्ने, हरेक
अवसरहरुमा छोरा र छोरीलाई समान अवसर प्रदान गर्ने ।
Ø भ्रष्ट्राचार निराकरण गर्न सामाजिक, आर्थिक, शैक्षिक जस्ता सबै क्षेत्रमा सुशासन कायम गरी म भ्रष्ट्राचार गर्दिन, म भ्रष्ट्राचार हुन दिन्न भन्ने मुल मन्त्र कर्मचारी र नागरिकले आत्मसाथ
गर्ने
Ø हत्या, हिंसा, बलात्कार, यौनहिंसा तथा यौन दुर्व्यवहार गर्ने
तथा त्यस्ता क्रियाकलापलाइ प्रोत्साहन गर्ने व्यक्तिलाई हदैसम्मको कानुनी कारबाही
हुने व्यवस्था गरी पूर्ण कार्यान्वयन गर्ने, कानुनी
राज्यको विकास गरी दण्डहिनताको अन्त्य गर्नुपर्ने,
Ø बालश्रम, बालमजदूरी, बालहिंसा, बालदुर्व्यवहार, बहुविवाह, अन्धविश्वास, साइवर अपराध अन्त्य गर्न बालअधिकारको सुनिश्चित गर्नुपर्ने, बालअधिकारप्रति सम्बन्धित सबैलाई जानकारी गराउने, सबै उद्योग, कलकारखाना, व्यवसाय आदि बालश्रम मुक्त घोषणा गर्नुपर्ने । बहुविवाह गर्ने व्यक्तिलाई
कानुनी कारबाही गर्ने, सामाजिक बहिष्करण गर्ने, सामाजिक सेवामा वञ्चित गराउने, सामाजिक मूल्य
मान्यतलाई समसामयिक बनाउने, साइबर सुरक्षा नीति अवलम्बन
गर्ने आदि ।
सामाजिक समस्या समाज विकासको बाधक तत्व हो । यसले सामाजिक विकास, सामाजिक परिवर्तन, सामाजिक गतिशीलता तथा सामाजिक रुपान्तरणमा नकारात्मक प्रभाव पार्दछ । त्यसैले तपाईं हाम्रो समाजमा सदियौं देखि प्रचलनमा आएका
यी र यस्तै प्रकृतिका सामाजिक समस्यालाई आजै समाधान
गर्नु तपाईं हाम्रो कर्तव्य हो । सभ्य, सुसंस्कृत, समतामूलक तथा न्यायपूर्ण समाज
निर्माण गर्नका लागि सामाजिक समस्यालाई समाधान
गर्नुपर्दछ। यसका लागि व्यक्ति, परिवार, समाज,
जनप्रतिनिधि, विभिन्न तहका सरकार, आमा समूह, युवाक्लब, सरकारी तथा सकारी संस्थाको महत्वपूर्ण भूमिका रहन्छ
।
९. सजीव वस्तुहरू भनेका कस्ता हुन्? सजीव वस्तुका गुणहरूको सूची तयार
गर्नुहोस् साथै सजीव र निर्जीव वस्तुका लक्षणहरूको फरक देखाउनुहोस्।
उत्तरः यस ब्रह्माण्डमा विभिन्न प्रकारका वस्तुहरू रहेका छन् ।
मानिस, पशु ,प्राणी ,जीवजन्तु,
बोटविरुवा, किटपतंग, ढुंगा, पानी आदि विविध वस्तुहरू यस ब्रह्माण्डमा विद्यमान छन् । यस्ता
वस्तुहरुलाई विज्ञानले विभिन्न आधारमा सजीव र निर्जीव वस्तुका रूपमा वर्गीकरण
गरेको छ । विभिन्न गुणका आधारमा सजीव र निर्जीव वस्तुलाई छुट्याउने गरिन्छ । मूलतः
चाल, वृद्धि, खाना खानु, सास फेर्नु, सन्तान
उत्पादन, चेतना र निष्कासन क्रिया आदि गर्ने वा त्यस्ता
लक्षण भएका वस्तुहरुलाई वस्तुहरू सजिव वस्तुहरु भनिन्छ।
सजीव वस्तुलाई चिन्ने गुणहरू यस प्रकार छन्:
१. चालः संजीव वस्तुहरु खाना, बास र बच्चा जन्माउने कामका लागि एक ठाउँबाट
अर्को ठाउँमा जाने गर्छन्। जनावर,
पशु हँड गर्ने गर्दछन् । त्यस्तै बोटविरुवाका हाँगा, जरा आदि घामतिर
फर्कने बढ्ने आदि गर्दछन् ।
२. वृद्धिः संजीवको अर्को गुण वृद्धि हो । विरुवा बोटबाट उम्रेर बिरुवा बन्छ।
मानिस पशु जनावरका साना बच्चा ठूला हुँदै जान्छन् ।
३. खाना: कुनै पनि जीव बाँच्नका लागि शक्तिको आवश्यकता पर्छ । उक्त शक्ति
खानाबाट प्राप्त हुन्छ । बिरुवाहरू आफ्नो खाना आफै बनाउँछन् । जनावर शाकाहारी
जनावर खाएर बाँच्छन् भने शाकाहारी जनावर विरुवाहरू खाएर बाँच्छन् ।
४. सास फेर्नु: बिरुवा र जनावर सबै बाँचका लागि सास फेर्दछन् । प्रत्येक सजिवले
जन्मदेखि नमरुन्जेल रातदिन सास फेरेको हुन्छ । सासले नै जीवन सञ्चालन गरेको हुन्छ
। तर निर्जीव वस्तु सास फेर्दैनन् ।
५. सन्तान उत्पादन: संजीवको अर्को गुण सन्तान उत्पादन गर्न सक्षम हुनु हो । बोटविरुवाका
बिउँबाट सन्तान जन्माउने काम हुन्छ भने जीवले आ-आफ्नो सन्तानोत्पादन प्रक्रियाबाट
सन्तान जन्माउँछन् ।
६. चेतनाः सजिव वस्तुमा चेतना हुन्छ । मानिसले आगोमा हात राख्दा पोल्छ, गर्छ
। जाडोमा काम्छ, गर्मीमा हपहप गर्छ ।
७. निष्कासन क्रिया: सजिव वस्तुले खाना खाएर शक्ति प्राप्त गर्दछन् भने शक्ति लिएर
बाँकी रहेका वस्तुहरू शरीरबाट बराबर बाहिर फ्याँक्नु पर्दछ । जस्तैः दिसा, पिसाव,
पसिना, सिंगान
कार्बन आदि बाहिर निष्कासन गर्दछन् ।
सजिव र निर्जीव वस्तुका लक्षणका भिन्नता
सजीव वस्तुका लक्षणहरू |
निर्जीव वस्तुका लक्षणहरू |
१.वस्तु
एक ठाउँबाट अर्को ठाउँमा हिडडुल गर्न २ संजीव खाना खाने गर्दछन् । ३. सजीव वस्तु सन्तान उत्पादन गर्दछन् । ४. सजिव वस्तुहरूमा वृद्धि हुन्छ । ५. सजीव वस्तस फेर्दछन् । ६. . सजीव
वस्तु आफ्नो शरीरबाट अनावश्यक वस्तु फ्याल्दछ । ७. सजिव वस्तुमा चेतना हुन्छ ।
|
१ निर्जीव वस्तु एक ठाउँबाट अर्को ठाउँमा सर्न सक्दैन २. निर्जीव वस्तु खाना खादैनन् । ३. निर्जीव सन्तान उत्पादन गर्दैनन् । ४ निर्जीव वस्तुको वृद्धि भए पनि बढेर वृद्धि हुँदैन । ५. निर्जीव वस्तु सास फदैनन् ६.
निर्जीव वस्तुले आफ्नो शरीरबाट अनावश्यक वस्तु फ्याल्दैनन । आफै विहस टुकिएर जान
सक्छ । ७.
निर्जीव वस्तुमा चेतना हुदैन । |
यसरी सजीव वस्तु र निर्जीव वस्तुलाई मूलतः चाल, खाना, वृद्धि, सास फेर्ने, फोहोर
फ्याल्ने,सन्तान उत्पादन गर्नु र चेतना जस्ता आधारमा छुट्याउन सकिन्छ ।
१०. प्राथमिक तहमा स्थानीय
विषय वा स्थानीय भाषा अध्यापन गर्ने व्यवस्था गरिएको छ। उक्त विषयको पाठ्यक्रम
निर्माण गर्दा के कस्ता चरणहरू अपनाउनु पर्दछ ? उल्लेख गर्नुहोस् । उत्तरः स्थानीय पाठ्यक्रम निर्माण गर्दा निम्न चरणहरू अपनाउनुपर्ने
कुरा स्थानीय पाठ्यक्रम निर्माण निर्देशिका उल्लेख गरिएको छ:
क) आवश्यकताको पहिचान (Need Identification)
स्थानीय तहको
पाठ्यक्रमको निर्माणका लागि स्थानीय तहका प्रतिनिधि, गैरसरकारी संस्थाका प्रतिनिधी, बुद्धिजिवी, उद्योगपति, व्यापारी,
रोजगारदाता, अभिभावक शिक्षक, श्रोत व्यक्ति, समाजसेवी, सामाजिक
कार्यकर्ता र सरकारी निकायका प्रतिनिधिहरूको सुझाव र सल्लाहमा विद्यालय वा श्रोत
व्यक्ति वा जिल्ला शिक्षा कार्यालयको नेतृत्वमा के कस्ता विषयवस्तु समावेश गरी
स्थानीय पाठ्यक्रम बनाउने भन्ने बारेमा छलफल गर्ने । छलफल गर्दा राष्ट्रिय
पाठ्यक्रमले दिएका विषयहरूलाई आधारका रूपमा लिइ कुन कुन विषयमा स्थानीय पाठ्यक्रम
निर्माण गर्ने हो सो यकिन गर्ने स्थानीय तहमा नै शिक्षण गर्न सकिने विषयवस्तु के
के हुन सक्दछन् यकिन गर्ने ।संकलित सूचनाहरूलाई शिक्षक विशेषज्ञहरूको सहयोगले
प्राथमीकरण गर्ने।
ख) उद्देश्य निर्माण (Determination of Objectives):
स्थानीय तहका लागि निर्माण गरिने पाठ्यक्रम निर्माण गर्दा प्राथमिक
शिक्षा पाठ्यक्रममा उल्लेख भएका प्राथमिक तहका उद्देश्यसँग मेलखाने गरी साधारण
उद्देश्य निर्माण गर्नुपर्दछ । सिकारूको सिकाईस्तर, कक्षा विषयवस्तुको प्रकृति तथा साधन र स्रोतलाई
ध्यान दिइ उद्देश्य निर्माण गर्नुपर्छ।
ग) विषयवस्तुको छनोट (Selection of Contents):
आवश्यकता पहिचान गरी प्राथमिकता निर्धारण गरेका आधारमा नै उद्देश्य
निर्धारण गर्नुपर्ने हुँदा यसलाई नै विषयवस्तु छनोटका लागि आधार बनाउने र छनोट
भएका विषयवस्तुको विस्तृतीकरण गर्नुपर्दछ ।
घ) कक्षागत सिकाइ उपलब्धिको निर्धारण (Determination of classwise learning outcomes):
साधारण उद्देश्य र विषयवस्तुको आधारमा कक्षागत सिकाई उपलब्धीको
निर्धारण गर्नुपर्दछ । कुन कक्षामा के कति, कस्तो खालको विषय दिनुपर्ने हो यकिन गर्नुपर्दछ ।
यसमा विद्यार्थीको उमेर, ज्ञानको अवस्था, भाषाको स्तर र क्षमतामा ध्यान दिनुपर्दछ ।
ङ) शैक्षणिक सामग्रीको छनोट (Selection of teaching Materials)
पाठको उद्देश्य पुरा गर्न स्थानीय स्तरमै उपलब्ध हुन सक्ने र
प्रयोग गर्न सकिने सामग्रीहरूको छनोट गर्नुपर्दछ ।
च) शिक्षण विधि र प्रक्रियाको निर्णय (Decision on teaching Method and process) पाठ्यक्रममा राखिएका विषयवस्तुको
प्रभावकारी शिक्षण सिकाइका लागि के कस्तो शिक्षण विधि, विद्यार्थी
क्रियाकलाप आवश्यक पर्दछ सो कुरा स्थानीय पाठ्यक्रममै उल्लेख गर्नुपर्दछ ।
छ) विद्यार्थी मुल्याङ्कन (Student Evaluation):
प्राथमिक पाठ्यक्रममा निरन्तर मुल्याकनलाई जोड दिएकाले स्थानीय
पाठ्यक्रममा पनि निरन्तर मुल्याङ्कन लाई निरन्तरता दिनुपर्दछ विद्यार्थीहरूलाई
कुनै क्रियाकलापमा संलग्न गराएर मुल्याङ्कन गर्नु उपयुक्त हुन्छ । कक्षा कार्य
सहभागिता र अवलोकनको आधारमा मुल्याङ्कन गर्नुपर्छ ।
ज) समयको निर्धारण (Determination of time):
पाठ्यक्रमले
तोकेको समय र पाठ्यभार अनुसार शिक्षण सिकाइ गर्नुपर्दछ । स्थलगत भ्रमण/अध्ययन
भ्रमण आदि गर्दा अन्य विषयको पठन पाठनलाई बाधा नपर्ने गये.. लैजाने व्यवस्था
मिलाउनुपर्दछ ।